images
images

नेप्सेमा नेपाल वेयरहाउजिङ्ग र चिरख्वा हाइड्रोपावरको आईपीओ सूचीकृत, कुनको ओपन रेञ्ज कति ?

नेप्सेमा नेपाल वेयरहाउजिङ्ग र चिरख्वा हाइड्रोपावरको आईपीओ सूचीकृत, कुनको ओपन रेञ्ज कति ?

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • नेप्सेमा नेपाल वेयरहाउजिङ्ग र चिरख्वा हाइड्रोपावरको आईपीओ सूचीकृत, कुनको ओपन रेञ्ज कति ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । 

    images
    images

    आज नेप्सेमा चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङ्गको आईपीओ सूचीकृत भएको हो । चिरख्वा हाइड्रोपावरको ४० लाख कित्ता र नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । 

    नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू। ९३.०४ देखि २७९.१२ को मूल्य रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि कारोबारमा आउनेछ । 

    कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता शेयर र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५५ लाख कित्ता गरेर कुल ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

    कम्पनीको स्टक सिम्बोल एनडब्लुसिएल रहेको छ । कम्पनीले शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटिएस सेवा हिमालयन क्यापिटल लिमिटेड ठमेल काठमाडौंबाट हुने जानकारी दिएको छ । 

    चिरख्वा हाइड्रोपावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू।१०० दशमलव ०१ देखि ३०० दशमलव ०३ को मूल्य रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि कारोबारमा आउनेछ । 

    कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बान्सिदाहरू र कर्मचारीहरूमा वितरण गरेको १२ लाख कित्ता शेयर र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २८ लाख कित्ता गरेर कुल ४० लाख हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

    कम्पनीको स्टक सिम्बोल सिकेएचएल रहेको छ । कम्पनीले शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटिएस सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँबाट हुने जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार