images
images

पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • पुवा खोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
    images
    images

    काठमाडौँ / पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

    पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

    सभा कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाडौँमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार