images
images

चन्द्रागिरी हिल्सको बार्षिक साधारण सभा पुस २६ गते, के–के छन् प्रस्ताव ?

चन्द्रागिरी हिल्सको बार्षिक साधारण सभा पुस २६ गते, के–के छन् प्रस्ताव ?

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • चन्द्रागिरी हिल्सको बार्षिक साधारण सभा पुस २६ गते, के–के छन् प्रस्ताव ?
    images
    images

    काठमाडौँ / चन्द्रागिरी हिल्स लिमिटेडले १४औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने निर्णय गरेको छ । 

    कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय थानकोट, परिसरमा दिउसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

    संचालक समितिको सदस्यहरूको बैठक भत्ता परिमार्जन गर्ने सम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार