images
images

विद्यार्थीलाई आकर्षित गर्न कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन, व्यावहारिक र बजारमुखी जनशक्ति उत्पादन हुने दावी

विद्यार्थीलाई आकर्षित गर्न कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन, व्यावहारिक र बजारमुखी जनशक्ति उत्पादन हुने दावी

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • विद्यार्थीलाई आकर्षित गर्न कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन, व्यावहारिक र बजारमुखी जनशक्ति उत्पादन हुने दावी

    चितवन / कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो ।
     
    विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरु समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा नेपाली विज्ञसँगै किसानसँग समेत परामर्श गरिएको थियो ।
     
    विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा सुवीर सिंहका अनुसार कृषि स्नातक, पशु चिकित्सा तथा पशुपालन स्नातक, मत्स्य विज्ञान स्नातक र वन विज्ञान स्नातकको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने गरी परिमार्जन गरिएको हो ।
     
    पशु चिकित्सामा पाँच वर्ष पढाइ हुन्छ भने अन्य सङ्कायमा चारवर्षे पढाइ हुँदै आएको छ । यसअघिको पाठ्यक्रममा ३० देखि ३३ प्रतिशत प्रयोगात्मक हुने गरेकामा नयाँ पाठ्यक्रममा ४० प्रतिशत प्रयोगात्मक रहेको उनले जानकारी दिए । 
     
    विद्यार्थीहरूले प्रयोगात्मक अध्ययनका क्रममा प्रत्यक्ष किसानसँग काम गर्नुपर्ने हुन्छ । पाठ्यक्रमले अहिलेको वातावरण परिवर्तन, नयाँ नयाँ रोगको पहिचान, अनुसन्धानका विधिहरु, अध्ययनका क्रममा सूचना प्रविधिको प्रयोग जस्ता विषय समावेश गरिएका छन् । यसैगरी, विद्यार्थीको तनाव कम गर्न योगा, शारीरिक व्यायाम, शारीरिक शिक्षा, नैतिक शिक्षा पाठ्यक्रममा नै समावेश गरिएको छ ।
     
    पाठ्यक्रम तयार गर्दै कृषिसँगै अन्य विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, रोजगारदाता, किसानलगायतसँग निरन्तर संवाद र छलफल गरेर तयार गरिएको हो । पाठ्यक्रम तयार गर्दै गर्दा पहिलो र दोस्रो वर्ष आधारभूत अध्ययनलाई जोड दिइएको छभने बाँकी वर्षहरुमा सीप र प्रविधिसँग जोडेर काम गर्ने गरी पाठ्यक्रम तयार गरिएको छ ।
     
    पाठ्यक्रम लागू भएसँगै यसको मूल्याङ्कनको काम थालिएको उनले जानकारी दिए । पढाउने जनशक्तिको मूल्याङ्कन गरेर केही कमीकमजोरी भएमा सुधार गर्दै जानुपर्ने उनले बताए। यसको मूल्याङ्कन अमेरिका स्थिति टस्किजी विश्वविद्यालयका प्राध्यापकहरूले समेत गरिरहेका छन्। उनीहरूले दिने सुझावका आधारमा आवश्यकताअनुसार परिमार्जन गर्दै लगिने जनाइएको छ ।
     
    प्राध्यापकहरूले पढाएका विषयमा स्वयं विद्यार्थीहरुलाई समेत मूल्याङ्कन गर्न लगाइएको छ । विद्यार्थीहरुले अनलाइनमार्फत सुझाव दिने व्यवस्था मिलाइएको छ । नयाँ पाठ्यक्रम एक हजार ९५ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

    images
    images

    विश्वविद्यालयका कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले नयाँ पाठ्यक्रमसँगै विद्यार्थीको आकर्षण बढ्ने बताए। विश्व बजारमा उपयोग हुने जनशक्ति उत्पादन हुने भएकाले युवा पुस्तालाई केही हदसम्म नयाँ पाठ्यक्रमले आकर्षण गर्ने उनको भनाइ छ ।
     
    प्रयोगात्मक कक्षा बढी हुँदै गर्दा व्यावहारिक र बजारमुखी जनशक्ति उत्पादन हुने उनले बताए । समय अनुकूल पाठ्यक्रम परिमार्जन गर्दै जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए । 

    विश्वविद्यालय स्थापना भएपछि तेस्रोपटक पाठ्यक्रम परिमार्जन गरिएको हो । यो पटक पाठ्यक्रम परिमार्जन गर्दै गर्दा युवा जनशक्ति पलायनको अवस्थालाई रोक्ने गरी बृहत् अध्ययन गरेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार