images
images

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोल स्थगित

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोल स्थगित

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोल स्थगित

    काठमाडौँ / नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । सोमबार १३ औँ दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् । 

    images
    images

    उनीहरुले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेसँगै हालका लागि आन्दोलन स्थगित भएको बताए । 

    सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव महेशप्रसाद भट्टराईले मन्त्री किरातीसँगको भेटमा मन्त्रीले ग्राउण्ड ह्याडलिङको विषयमा मन्त्रीपरिषद्बाटै निर्णय हुने भएको प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेको बताए । 

    उनले मन्त्री किरातीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङलाई सुरक्षित गर्ने र निर्णय गर्दा मन्त्रीपरिषद्ले गर्ने नजिर स्थापित गरेपछि स्थगन गर्ने निर्णय भएको बताए ।

    मन्त्रालयले ग्राउण्ड ह्याडलिङको बारेमा नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको र ग्राउण्ड ह्याडलिङको विषय सरकारले स्वामित्व लिने प्रतिबद्धता जनाएको बताए ।

    नेपाल वायुसेवा निगममाथि पटकपटक गरिने आक्रमण बन्द गर्न पनि उनले आग्रह गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार