images
images

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, पारित गर्न डाक्यो साधारण सभा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, पारित गर्न डाक्यो साधारण सभा

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, पारित गर्न डाक्यो साधारण सभा

    काठमाडौँ / फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस २८ गते वार्षिक साधारणसभा गर्ने भएको छ । 

    images
    images

    लघुवित्त सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले १४औं वार्षिक साधारणसभा पुस २८ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौँमा बिहान १० बजे गर्ने भएको हो । 

    लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

    लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँबाट वृद्धि गरी १ अर्ब २३ करोड ३८ लाख २६ हजार पुर्याउने, सञ्चालकहरूको बैठक भत्ता पुनरावलोकन गर्ने र पबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।

    लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ११ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार