images
images

जीवन विकास लघुवित्तद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

जीवन विकास लघुवित्तद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • जीवन विकास लघुवित्तद्वारा १४.७३ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?
    images
    images

    काठमाडौँ / जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    लघुवित्तको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार