images
images

बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारणसभा, के–के छन् प्रस्ताव ?

बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारणसभा, के–के छन् प्रस्ताव ?

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारणसभा, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / बोटलर्स नेपालका दुबै कम्पनीले साधारणसभा आह्वान गरेका छन् । 

    images
    images

    बोटलर्स नेपाल लिमिटेडको ४५ औँ र बोटलर्स नेपाल (तराई)को ३७औँ बार्षिक साधारणसभा पुस २७ गते सोल्टी होटल काठमाडौँमा हुने कम्पनीले जनाएको हो । 

    बोटलर्स नेपाल (तराई)को साधारण सभा दिउँसो १२ बजे शुरु हुनेछ भने बोटलर्स नेपालको दिउँसो ४ बजे शुरु हुनेछ ।

    बोटलर्स नेपाल (तराई)को सभाले प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने बोटलर्स नेपालको लाभांश प्रस्ताव छैन ।

    साथै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु यी कम्पनीहरुका सभाले पारित गर्नेछ ।

    साधारणसभा प्रयोजनार्थ दुबै कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार