समृद्धि फाइनान्सले मंसिर २९ गते शुक्रबारको दिन पुतलिसडक शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये मंसिर महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले पद्मोदय उच्च माध्यमिक विद्यालय, रामशाह पथ काठमाण्डौमा कक्षा १२ का ५० जना विद्यार्थिलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी सफलतापुर्वक सम्पन्न गरेको छ ।
त्यस्तै, मंसिर २३ गते शनिबारको दिन मधुवन शाखाले वराहक्षेत्र ११ का ५६ जना स्थानिय बासिन्दालाई रेमिट्यान्स सम्बन्धित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।