images
images

फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी

फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी

    ललितपुर / फोनपेले आफ्नो सञ्चालित समितिको अध्यक्षको रूपमा सशीन जोशीलाई नियुक्त गरेको छ । जोशीले बुधबार नेपाल राष्ट्र  बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्राबाट शपथ लिई पदावलीसमेत गरेका छन् ।

    images
    images

    यस अघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रूपमा आबद्ध थिए ।  जोशी जोखिम व्यवस्थापन, रणनीतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रूपमा परिचित थिए । करिब दुई दशकभन्दा बढी समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । 

    फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर: पी एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो | फोनपेले अन्तर-बैंक व्यक्ति-देखि-व्यक्ति (पर्सन टु पर्सन: पी टु पी) र व्यक्ति-देखि-व्यवसायी (पर्सन टु मर्चेन्ट: पी टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार