काठमाडौँ / मध्य भोटेकोशी जलविद्युत कम्पनीले आगामी पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनी मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते १२औं साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस १७ गते एक दिन बुक क्लोज गर्दै छ । तर यस बर्ष कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन ।