images
images

युनिलिभरले दियो गत वर्ष भन्दा १९ बढि लाभांस, यस्तो रह्यो ३० औं वार्षिक साधारण सभा

युनिलिभरले दियो गत वर्ष भन्दा १९ बढि लाभांस, यस्तो रह्यो ३० औं वार्षिक साधारण सभा

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • युनिलिभरले दियो गत वर्ष भन्दा १९ बढि लाभांस, यस्तो रह्यो ३० औं वार्षिक साधारण सभा
    images
    images

    युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । साधरण सभामा कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जी लगायत थिए ।  

    युनिलिभर नेपाल लिमिटेडले अतुलनीय लाभाँस प्रतिफल र कर पछिको नाफा १८३।४ करोड पु¥याएको जनाएको छ ।  जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन हो । 

    युनिलिभर नेपालका शेयरधनीहरु यसवर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रतिशेयर रु।१५८०÷ का साथ लाभान्वित हुने भएका छन् ।

    युनिलिभर नेपाल लिमिटेडले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव “हरेक घरमा, हरेक मनमा” भन्ने नाराका साथ मनाइरहेको छ, जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको प्रिय ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्ने दावी गरेको छ । 

    समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेइले सबै शेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिंदै भने,  न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ किनकी विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ । यहाँ, हामी अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गर्न सक्छौं, तर हामी विश्वस्त छौं कि यसलाई हामी अत्यन्त लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुनेछौं । युनिलिभर नेपाल लिमिटेडको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवद्र्धनका साथ अघि बढ्ने क्रममा हामीसँग आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरु रहेका छन् ।”
     
    सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु।१५४।२ करोडबाट बढेर यो वर्ष १८३।४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए ।  उनले यो अद्भूत सफलता उत्पादनहरुको स्थानीयकरणमा गरिएको प्रयासहरु, प्रभावकारितामार्फत् गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरुले युनिलिभरको ब्राण्डहरुमा देखाएको अतुलनीय रुचीका कारण प्राप्त हुन सकेकोमा जोड दिए । 

    प्रबन्ध निर्देशक अम्लान मुखर्जीले अगाडि भने, “हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन ।

    युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भनें बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणहरुको रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार