images
images

सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच सम्झौता, बीवाईडि गाडी खरिदकर्तालाई अटो लोन दिन

सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच सम्झौता, बीवाईडि गाडी खरिदकर्तालाई अटो लोन दिन

शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच सम्झौता, बीवाईडि गाडी खरिदकर्तालाई अटो लोन दिन

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईनलाइटन मोटर्स प्राइभेट लिमिटेडबीच  सम्झौता भएको छ । 

    images
    images

    सिटिजन्स बैंक र बुटवल, रुपन्देही स्थित ईनलाइटन मोटर्सबीच बीवाईडि ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्ने खरिदकर्तालाई सहुलियत दरमा अटो लेन दिन आज सम्झौता भएको हो । 

    बैंक र कम्पनी बीचको यो सम्झौतामा बीवाईडि ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ । यस सम्झौता अनुसार ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउने कम्पनीले जनाएका छन् । 

    कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा शर्तहरु लागु हुनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटिएम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार