images
images

टिकटक प्रतिबन्धविरुद्धका रिटमा सर्वोच्चमा आज सुनुवाइ हुने

टिकटक प्रतिबन्धविरुद्धका रिटमा सर्वोच्चमा आज सुनुवाइ हुने

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • टिकटक प्रतिबन्धविरुद्धका रिटमा सर्वोच्चमा आज सुनुवाइ हुने

    काठमाडौँ / सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सरकारको निर्णयमा सर्वोच्च्ले कारण देखाउ आदेश जारी गर्दै दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने जनाएको थियो । 

    images
    images

    टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । 

    मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको र मर्यादामा आँच आएकाले सरकार बाध्य भएर प्रतिबन्धको निर्णयमा पुगेको सरकारको दावी छ । 

    गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार