images
images

नेपाल हाइड्रो डेभलोपरद्वारा ७.३५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

नेपाल हाइड्रो डेभलोपरद्वारा ७.३५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • नेपाल हाइड्रो डेभलोपरद्वारा ७.३५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?
    images
    images

    काठमाडौँ / नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ७.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

    कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश समेत गरेर ७.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

    यसैगरी, कम्पनीले आगामी पुस १२ गते काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्सनमा साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर २५ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    जसअनुसार मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन पाउने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार