images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकले भूकम्पपीडितका लागि दियो एक करोड ३३ लाख रुपैयाँ

स्ट्याण्डर्ड चार्टर्ड बैंकले भूकम्पपीडितका लागि दियो एक करोड ३३ लाख रुपैयाँ

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले भूकम्पपीडितका लागि दियो एक करोड ३३ लाख रुपैयाँ

    काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई सहयोग गर्न ब्रिटिश रेडक्रसलाई एक लाख अमेरिकी डलर अर्थात एक करोड ३३ लाख रुपैयाँ दिएको छ ।

    images
    images

    उक्त रकम ब्रिटिश रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्ने छ । बैंकले मानवीय सहायतास्वरुप प्रदान गरेको उक्त रकमले नेपाल रेडक्रस सोसाइटीलाई भूकम्पपीडितको प्राथमिक उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत गर्नेछ बैंकको विस्वास छ ।

    साथै भूकम्पमा आफ्नो घर गुमाएका र सम्पर्कमा आएका परिवारहरूलाई खाद्यान्न, पानी, र आपतकालीन आश्रय लगायतका राहत सामग्रीहरू वितरण गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

    भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वण घोष दस्तीदारले आवश्यकता तथा विपतको समयमा र नेपाली समुदायलाई सहयोग र समर्थन गर्न बैंक सधैं प्रतिवद्ध रहेको बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार