images
images

प्रभु बैङ्कलाई ‘बैङ्क अफ दि इयर–२०२३’ को उपाधि, सेवा थप प्रभावकारी बनाउने सिइओ शेरचनको प्रतिबद्धता

प्रभु बैङ्कलाई ‘बैङ्क अफ दि इयर–२०२३’ को उपाधि, सेवा थप प्रभावकारी बनाउने सिइओ शेरचनको प्रतिबद्धता

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • प्रभु बैङ्कलाई ‘बैङ्क अफ दि इयर–२०२३’ को उपाधि, सेवा थप प्रभावकारी बनाउने सिइओ शेरचनको प्रतिबद्धता

    काठमाडौँ / प्रभु बैङ्कले ‘बैङ्क अफ दि इयर २०२३’को उपाधि प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैङ्कर’ले सन् २०२३ को ‘बैङ्क अफ दि इयर’ बाट प्रभु बैङ्कलाई सम्मान प्रदान गरेको हो ।

    images
    images

    सन् २००० देखि ‘दि बैङ्कर’ले गर्दै आएको ‘बैङ्क अफ दि इयर’ अवार्ड विश्वव्यापी बैङ्किङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ‘बैङ्क अफ दि इयर’ अवार्डलाई बैङ्किङ उत्कृष्टताको मानक अर्थात् ‘बैङ्किङ उद्योगको ओस्कार’ मानिन्छ । 

    विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैङ्क नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याएको, प्रतिस्पर्धी बैङ्कका बिचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्याङ्कन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो । 

    ‘दि बैङ्कर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैङ्क मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैङ्कको छनौट गरी ‘बैङ्क अफ दि इयर’बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । 

    बेलायतमा भएको समारोहमा प्रभु बैङ्क सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका छन् । अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैङ्कका अध्यक्ष, सिइओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।

    सम्मान प्राप्तीपछि अध्यक्ष सिटौलाले नेपालको बैङ्किङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छ । ‘‘वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैङ्किङ क्षेत्रमै हौसला प्रदान गरेको छ । हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ’’ उनले भनेका छन् । 

    त्यस्तै, अवार्ड वितरण समारोहपछि सिइओ शेरचनले प्रभु बैङ्कका सञ्चालक तथा कर्मचारीहरूको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताएका छन् । 

    ‘‘यो सुखद सन्देश हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैङ्किङ क्षेत्रकै सफलताको ठानेको छु । आगामी दिनमा नेपाली बैङ्किङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ’’ सिइओ शेरचनले भनेका छन् । 

    सो अवसरमा उनले बैङ्कको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । २००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको हाम्रो यात्रा आफुलाई समयक्रमसँगै सृदृढ, विस्तारित तथा बिभिन्न बैङ्कलाई समाहित गर्दै आजको सफलतासम्म आइपुगेको बैङ्कले जनाएको छ । 

    प्रभु बैङ्क आज ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटिएम मार्फत देशव्यापी रुपमा ३१ लाख भन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैङ्किङ सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ । २०७९ पुसमा सेञ्चुरी बैङ्क प्रभुमा विलय गराएर एकीकृत कारोबार सुरु गरेको हो ।

    सेञ्चुरीसहित बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनी गरेर ८ वटा बैङ्क तथा वित्तीय संस्था गाभिएका छन् । हाल प्रभु बैङ्कको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप सङ्कलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार