images
images

सरकार विदेशी लगानी खोज्दैछ, आजियाटा किन एनसेल बेचेर हिँड्दैछ ?

सरकार विदेशी लगानी खोज्दैछ, आजियाटा किन एनसेल बेचेर हिँड्दैछ ?

अब कसले किन्ला एनसेल ?

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • सरकार विदेशी लगानी खोज्दैछ, आजियाटा किन एनसेल बेचेर हिँड्दैछ ?

    काठमाडौँ / सरकार विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनको तयारीमा लाग्दै गर्दा नेपालमा भएका प्रमुख विदेशी कम्पनी भने बाहिरिने भएको छ । नेपालको दूरसञ्चारमा लगानी गरिरहेको प्रमुख कम्पनी आजियाटा बाहिरिन लागेको हो ।

    images
    images

    सरकारले केही आगामी बैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । लगानी सम्मेलनको लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समितिसमेत बनेको छ । विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि विदेशी राजदुतावासलाई समेत परिचालित गरिने सरकारको योजना छ । यता, सरकार लगानी सम्मेलनमा जुटिरहेको समयमा नेपालमा रहेको प्रमुखमध्ये एक विदेशी कम्पनीले भने बाहिरिने निर्णय गरेको हो । 

    एनसेल, आजियाटा ग्रुप बर्हादअन्तर्गतको एक कम्पनीको हो । नेपालको पहिलो निजी मोवाइल सेवाप्रदायकसमेत रहेको एनसेलको माउ कम्पनी भने मलेसियामा रहेको छ । नेपालको टेलिकम क्षेत्रको अवस्था बदलिएको भन्दै लगानीबाट हात झिक्ने आजियाटाको बोर्ड बैठकको निर्णय छ । 

    एनसेलबाट बाहिरने उद्देश्यका साथै आजियाटाले यसको सम्पत्ति बिक्रीमा समेत राखेको छ । एनसेलमा आजियाटाको ८० प्रतिशत सेयर रहेको छ । बाँकी २० प्रतिशत सेयर भने नेपाली साझेदार सतिशलाल आचार्य र सचिनलाल आचार्यको सुनिभेर क्यापिटल भेन्चर प्रालिको स्वामित्वमा रहेको छ ।

    घाटामा थियो कम्पनी ? 

    लगातार व्यापार खुम्चँदै जाँदा र कर लगायत प्रकरणका कारण साख गिर्दै गएपछि व्यवसायिक चुनौती बढेको उल्लेख गर्दै आजियाटाले नेपालबाट बाहिरिने निर्णय गरेको बताइएको छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले चालू आवको हालसम्म आजियाटाको खुद घाटा १ अर्ब ३० करोड मलेसियन रिंगिट पुगेको कम्पनीका सिइओ तथा प्रबन्ध निर्देशक विवेक सूदले बताएका छन् । 

    एनसेलको २०२२ को कुल आम्दानी १ अर्ब ५ करोड मेलेसियन रिंगिट रहेको आजियाटाले जनाएको छ । जुन सन् २०२३ मा घटेर करिब ९८ करोड मेलेसियन रिंगिटमा झरेको छ । आजियाटाको लगानी रहेको ग्रुपको आम्दानी उक्त वर्षमा समग्रमा १३ प्रतिशतले बढ्दा एनसेलको भने ७ प्रतिशतले घटेको उल्लेख गरेको छ ।

    एनसेलले सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीको वित्तीय विवरणमा उल्लेख  छ । रेटिङ कम्पनी ईक्रा नेपालले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको अघिल्लो वर्ष अर्थात् सन् २०२२ को तुलनामा सन् २०२३ मा ५.७४ प्रतिशत अर्थात २ अर्ब २८ करोड ३० लाख रुपैयाँ कम हो । आव सन् २०२२ मा कम्पनीले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

    कम्पनीले सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ५५ अर्ब ३९ करोड र सन् २०१८ मा ५९ अर्ब ८१ करोड  रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    एनसेलको बजार हिस्सा २०२२/२३ मा ५४ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनसेलको बजार हिस्सा ६१ प्रतिशत थियो । यता, कम्पनीको आम्दानी केही घटे पनि आव सन् २०२३ मा कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन भने ५३ प्रतिशत रहेको छ । 

    कम्पनीको डेटा र भ्वाइसमा ५० प्रतिशत बढी हिस्सा रहेको ईक्राले जनाएको छ । ईक्राका अनुसार एनसेलको भ्वाइसको बजार हिस्सा ५० प्रतिशत र डेटामा ५७ प्रतिशत बजार हिस्सा रहेको छ । कम्पनीले सन् २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको थियो । 

    कसले किन्ला कम्पनी ? 

    आजियाटाले एनसेल बिक्री गर्ने निर्णयगरेसँगै उक्त कम्पनी २० प्रतिशत हिस्सा रहेको सुनिभेरा क्यापिटल भेन्चरले नै किन्नसक्ने बताइएको छ । नेपालका ठुला व्यवसायिक घराना चौधरी ग्रुपले दूरसञ्चार सेवा सञ्चालन गर्न लामो समयदेखि अनुमति माग्दै लविङ गरेको भए पनि सफल हुन सकेको छैन ।

    नयाँ दूरसञ्चार सेवा सञ्चालन अनुमति पाउन फलामको चिउरा चपाउन जस्तै गाह्रो भइरहेको अवस्थामा आजियाटाले एनसेल बिक्री गर्ने निर्णय गरेको छ । यस अवस्थामा सिजी ग्रुपले नै एनसेलको स्वामित्व खरिद गर्नसक्ने अनुमान पनि गरिएको छ । यद्यपि, आधिकारिक रूपमा भने एनसेल कसले किन्ने भन्ने कुरा बाहिरिएको छैन । आजियाटाले बाहिरिने निर्णय गरेको भए पनि आफ्नो हिस्सा कति मूल्यमा कसलाई बिक्री गर्ने भन्ने कुरा खुलाएको छैन । 

    किन गर्यो आजियाटाले बाहिरिने निर्णय ?

    नेपालको खस्किँदो अर्थतन्त्र, राजनीतिक अस्थिरता र भ्रष्टाचारजन्य हैरानीका कारण विदेशी लगानीकर्ता पलायन हुने खतरा निरन्तर बढिरहेको छ । सरकारले विदेशी लगानी भित्र्याउन विभिन्न योजना तथा कार्यक्रम अघि सारे पनि नेपालमा विदेशी लगानीकर्ता भने टिक्न सकिरहेका छैनन् ।  

    कम्पनी बेच्दाको पूँजीगत लाभकर तिर्न बाँकी भएकाले आजियाटाले वर्षौसम्म नेपालको अदालतमा मुद्दा खेप्यो । अदालतको फैसलाअनुसार कम्पनीले पटकपटक गरी अर्बौ रुपैयाँ लाभकर नेपाल सरकारलाई तिरेको थियो । एनसेलले हाल १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।

    Notice Ncell.jpg

    सन् २००१ मा स्पाइस नेपाल प्रालिको रूपमा स्थापित कम्पनीले सन् २००५ मा व्यवसाय सुरु गरेको थियो । कम्पनीले सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो । युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले स्वामित्व लिएपछि कम्पनीले ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको छ । साथै, कम्पनीले सन् २०१६ मा एनसेल प्रालिको रूपमा कम्पनीको नाम परिणत गरेको थियो । 

    स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको जनाएको छ । कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार