images
images

एनआरएनए विवाद : असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग गरी भ्रम सिर्जना गरेको आरोप

एनआरएनए विवाद : असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग गरी भ्रम सिर्जना गरेको आरोप

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • एनआरएनए विवाद : असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग गरी भ्रम सिर्जना गरेको आरोप

    काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्षले असन्तुष्ट पक्षलाई लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग गरेको आरोप लगाएको छ । संघका प्रवक्ता फणीन्द्र पन्तले मंगलबार विज्ञप्ति जारी गर्दै संघको लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग गरेर पत्रकार सम्मेलन बोलाएको बताएको हो । 

    images
    images

    सामाजिक सञ्जालमा संघले पत्रकार सम्मेलन बोलाएको देखिए पनि संघमार्फत आजका लागि कुनै पनि किसिमको पत्रकार सम्मेलन आयोजना नगरिएको जनाएको छ । विज्ञिप्तिमा भनिएको छ, “गत अक्टोबरमा संघको निर्वाचनमा उपविजेता हुँदाहुँदै पनि आफूले आफैँलाई पदाधिकारी भनि स्वघोषणा गरी  यस संघको गरिमामा आँच पुर्याउँदै आएको समूहमार्फत भइरहेका यस्ता अनधिकृत गतिविधिबाट सचेत रहन समेत हामी अनुरोध गर्दछौँ ।”

    संस्थाको लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग गरी भ्रम सिर्जना गर्ने गतिविधिको घोर भत्सर्ना संस्थापन पक्षले गरेको छ । अब उपरान्त संस्थाको लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग नगर्न पनि सचेत गराइएको छ । 

    एनआरएनएभित्र गत ११ औँ महाधिवेशनपछि विवाद चर्किएको छ । महाधिवेशनबाट बद्री केसी निर्वाचित भए पनि उनले धाँधली गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । यसअघिको महाधिवेशनमा पनि संघभित्र निकै विवाद चर्किएको थियो । राजनीतिक र आर्थिक शक्तिको जुधाइमा संस्था दुई टुक्रा भयो । दुई टुक्रा भएको संस्थामा पनि तीनजना अध्यक्ष निर्वाचित भए । ११ औँ महाधिवेशनपछि पनि असन्तुष्ट पक्षले आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी बनाएको छ । शर्माकै नेतृत्वमा मंगलबार राजधानीमा पत्रकार सम्मेलन तय गरिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार