images
images

के तपाईं घर बनाउने योजनामा हुनुहुन्छ ? ‘शिवम् सन्देश’ हेर्न नछुटाउनुहोस्

के तपाईं घर बनाउने योजनामा हुनुहुन्छ ? ‘शिवम् सन्देश’ हेर्न नछुटाउनुहोस्

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • के तपाईं घर बनाउने योजनामा हुनुहुन्छ ? ‘शिवम् सन्देश’ हेर्न नछुटाउनुहोस्

    के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छ ? पर्खनुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ । एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पूरा गर्न हामीले जीवनको ठुलो हिस्सा खर्चन्छौँ पनि । 

    images
    images
    images
    images

    बर्षौँको मेहनत र पसिनाले बनाएको घर योजना अनुरूपकै होस्, घर बनाउँदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ । हाम्रो सपनाको घर निर्माण गर्ने क्रममा दुःखले कमाएको सम्पत्ति बालुवामा पानी हालेसरी व्यर्थमा खर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ । 

    ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौँ–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको सङ्ग्रह हो । यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ । 

    घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै अति उपयोगी जानकारीहरू समेटिएको ‘शिवम् सन्देश’ले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाइ अझै उचाइमा पुर्याएको छ । 

    भूकम्प र बाढी–पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने  ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्त्व कति हुन्छ ? साथै, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने ? जस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू ‘शिवम् सन्देश’मा समेटिएका छन् । 

    साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्त्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि ‘शिवम् सन्देश’मा समेटिएको छ । सन् २००३ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ । 

    निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ‘शिवम् सन्देश’ उपभोक्ताप्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ । 

    घर निर्माणका चरण जत्तिकै महत्वपूर्ण घर निर्माणको योजना पनि हो । आफूसँगै परिवारको सुरक्षित बसोबासका लागि सुरक्षित र टिकाउ घर निर्माणको योजनामा येथेष्ट समय खर्चनु हाम्रो दायित्व हो । आजको सावधानीले सबैको भविष्य सुखी सुरक्षित हुन्छ । अतः के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या घर बनाउने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पख्नुहोस्, एकचोटी ‘शिवम् सन्देश’ अवश्य हेर्न कम्पनीको आग्रह छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार