images
images

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, १७ हजार ८४५ जनाले पाए शेयर

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, १७ हजार ८४५ जनाले पाए शेयर

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट, १७ हजार ८४५ जनाले पाए शेयर

    काठमाडौँ / उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रबार (मंसिर ८ गते) बाँडफाँट भएको छ । यसमा कुल १७ हजार ८४५ जना सर्वसाधारण आवेदकहरुले गालाप्रथामार्फत सेयर हात पारेका छन् । 

    images
    images

    जसमध्ये १ जनाले ११ कित्ता र अर्को १ जनाले १०.१८ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यस एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएकामा ३२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । 

    योग्य १० लाख ७२ हजार ४४३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो ।

    लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, उन्नति सहकार्यको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार