images
images

माछापुच्छ्रे बैङ्कको अध्यक्षमा रोशन के.सी. नियुक्त, यसअघि पनि सम्हालेका थिए अध्यक्षको जिम्मेवारी

माछापुच्छ्रे बैङ्कको अध्यक्षमा रोशन के.सी. नियुक्त, यसअघि पनि सम्हालेका थिए अध्यक्षको जिम्मेवारी

बिहिवार, मंसिर ७ २०८०
बिहिवार, मंसिर ७ २०८०
  • माछापुच्छ्रे बैङ्कको अध्यक्षमा रोशन के.सी. नियुक्त, यसअघि पनि सम्हालेका थिए अध्यक्षको जिम्मेवारी

    माछापुच्छ्रे बैङ्कको अध्यक्षमा रोशन के.सी. नियुक्त भएका छन् । बैङ्कको मंसिर ७ गते बिहीबार बसेको ४९१औँ सञ्चालक समितिको बैठकले के.सी.लाई अध्यक्षमा नियुक्त गरेको हो । 

    images
    images

    निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले के.सी.लाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । के.सी.ले यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । 

    नवनियुक्त अध्यक्ष के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैङ्कमा आबद्ध भई २०७४ बैशाख ४ गतेदेखि २०७५ पुस २० गते माछापुच्छ्रे बैङ्ककै अध्यक्ष रहेका थिए । 

    हाल अध्यक्षमा नवनियुक्त हुनु अघि उनले बैङ्कको संस्थापक सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएका थिए । उनी एक सफल युवा व्यवसायीको रूपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैङ्क तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार