images
images

मुक्तिनाथ कृषिले मंसिर ८ गतेदेखि आइपीओ विक्री गर्ने, १ हजार कित्ताका लागि आवेदन दिन सकिने

मुक्तिनाथ कृषिले मंसिर ८ गतेदेखि आइपीओ विक्री गर्ने, १ हजार कित्ताका लागि आवेदन दिन सकिने

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • मुक्तिनाथ कृषिले मंसिर ८ गतेदेखि आइपीओ विक्री गर्ने, १ हजार कित्ताका लागि आवेदन दिन सकिने

    काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

    images
    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

    अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

    कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा मंसिर २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

    आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार