images
images

अझै टिकटक चलिरहेको छ ? तत्काल जानकारी दिन प्राधिकरणको आग्रह

अझै टिकटक चलिरहेको छ ? तत्काल जानकारी दिन प्राधिकरणको आग्रह

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • अझै टिकटक चलिरहेको छ ? तत्काल जानकारी दिन प्राधिकरणको आग्रह

    काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा चलिरहेको भएमा वा पहुँच पुगिरहेको भएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको बताउँदै प्राधिकरणले अझै चलेको भएमा जानकारी गराउन आग्रह गरेको हो ।

    images
    images

    प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि गठन गरेको प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द चलेको वा नचलेको विषयमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्नेछ । 

    यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गर्दै पत्रसमेत पठाइसकेको छ । 
    कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्दविरुद्ध सर्वोच्च अदालतमा परेका १० वटा रिटको सुनुवाइ भोलि हुने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार