images
images

आशा लघुवित्तको निमित्त सीईओमा बद्री प्रसाद

आशा लघुवित्तको निमित्त सीईओमा बद्री प्रसाद

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • आशा लघुवित्तको निमित्त सीईओमा बद्री प्रसाद

    काठमाडौँ / आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बद्री प्रसाद दुलाललाई दिईएको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले बद्री प्रसाद दुलाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    images
    images

    लघुवित्तको सीईओ जया लोहनीले स्वास्थ्यको कारण देखाई राजीनामा दिएपछि दुलालले निमित्त सीईओको जिम्मेवारी पाएको जनाएको छ । साथै, सीईओ लोहनीले दिएको राजीनामा सञ्चालक समितिले कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृति दिइसकेको छ ।

    निमित्त सीईओ दुलाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् । मिर्मिरे लघुवित्त, नाडेप लघुवित्त लगायतका संस्थामा काम गरिसकेका दुलाल यसअघि आशा लघुवित्तको सीईओ समेत भएर काम गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार