images
images

सानिमा रिलायन्स लाइफको नाफा १२८ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

सानिमा रिलायन्स लाइफको नाफा १२८ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • सानिमा रिलायन्स लाइफको नाफा १२८ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बीमा कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पहिले त्रैमाससम्ममा कम्पनीले ११ करोड ८ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १२८.३८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफामा सुधार आएको हो । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १३ करोड ५७ लाखबाट बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । यसको कुल दावी भुक्तानी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । गत वर्ष १५ करोड २८ लाख रुपैयाँ थियो । 

    यस्तै, समिक्षा अवधिमा कम्पनीले १ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १६०.१६ प्रतिशतले वृद्धि भएको छ ।

    त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत १५ करोड १२ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड २० लाख खर्च गरेको थियो ।

    ४ अर्ब १८ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफामा ८२ करोड ४६ लाख संचित गरेको छ । त्यस्तै अन्य इक्वीटी १ करोड ९९ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ८२ करोड पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष १० अर्ब ९१ करोड थियो ।

    यता, कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६० पैसा छ । प्रतिसेयर नेटवर्थ भने १२२ रुपैयाँ ७६ पैसा रहेको छ । यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार