images
images

तिहारमा चाहिने भाइमसला आयात यसपटक घट्यो, कति भयो आयात ?

तिहारमा चाहिने भाइमसला आयात यसपटक घट्यो, कति भयो आयात ?

नेपालमा अधिकांश भाइमसला भारत, चीन, अमेरिका, इन्डोनेसिया, भियतनाम र थाइल्याण्ड लगायतका देशबाट ल्याउने गरिएको छ !

बुधवार, कार्तिक २९ २०८०
बुधवार, कार्तिक २९ २०८०
  • तिहारमा चाहिने भाइमसला आयात यसपटक घट्यो, कति भयो आयात ?

    काठमाडौँ / तिहारमा भाइटीकाको विशेष महत्व हुन्छ । तिहारकालागि नभइ नहुने मध्ये भाइ मसला पनि एक हो । भाइटीकाको लागि चाहिने भाइ मसला भनेर सुख्खा नरिवल, ओखर, काजु, बदाम, सुपारी, पेस्ता, किममिस, ल्वाङ, सुकुमेल र छोकडा आदिलाई भनिन्छ । 

    images
    images

    दाजु भाईलाई टिका लगाइसकेपछि भाइ मसला नभए तिहार अधुरो नै रहन्छ । सुस्वास्थ्यको कामना गर्दै दाजु भाईलाई उपहार स्वरुप भाइ मसला दिने चलन रहिआएको छ। अझ ओखर त तिहारकोलागि अत्यन्त महत्वपूर्ण मानिन्छ । दाजु भाईको रक्षाकालागि ढोकामा ओखर फुटाउनु त भाइ टिकाको परम्परा नै हो । 

    भाइटीकामा भाइमसलाको खपत ठूलो परिणाममा हुने गरेको छ । यी सामाग्री प्रायः भारतबाट आयात हुन्छ । अरु समयमा भन्दा बढी तिहारका बेला यी सामाग्रीको माग बजारमा बढी हुन्छ र उपभोक्ताले पनि बढी नै खरिद गर्छन् ।

    कति भयो भाइमसलाको आयात ?

    भन्सार विभागको विवरण हेर्दा नेपालीले तिहारका लागि चाहिने भाइ मसलाका अधिकाशं वस्तु आयात गरिने गरेको देखिएको छ । नेपालमा अधिकांश भाइमसला भारत, चीन, अमेरिका, इन्डोनेसिया, भियतनाम र थाइल्याण्ड लगायतका देशबाट ल्याउने गरिएको छ ।

    भाइमसला अन्तर्गत पर्ने यी सामाग्री चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब १२ लाख रुपैया भन्दा बढिको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । साउनदेखि असोजसम्ममा ७९ लाख १२ हजार २३२ किलो भाइ मसला आयात भएको भन्सार विभागले जनाएको छ ।

    गत वर्षको ३ महिनामा भने करिब साढे अर्ब ६१ करोड ८४ लाख रुपैयाँको भाइ मसला आयात भएको थियो । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तीन महिनामा (साउनदेखि असोजसम्ममा) गत बर्ष भन्दा कम भाइमसला आयात भएको छ । यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा ९९ लाख ५० हजार किलो भाइमसला आयात भएको थियो । चालु आर्थिक बर्षको तीन महिनामा सर्वाधिक आयात भएका भाइमसला मध्ये अग्रस्थानमा ओखर र नरिवल रहेको छ ।

    सबैभन्दा धेरै ओखर आयात

    यस वर्ष सबैभन्दा धेरै ओखर आयात भएको छ। भाइमसलामा नभइ नहुने सामाग्री ओखर पछिल्लो तीन महिनामा ३७ करोड ६५ लाख २१ हजारको १० लाख ९६ हजार ४०१ किलो ओखर आयात भएको तथ्याङ्क छ । नेपालमा दन्ते ओखर (कमलो खालको) भनेर चिनिने ओखर विशेषगरि चीनबाट आयात हुन्छ । असोजसम्म चीनबाट ३६ करोड ४२ लाख बराबरको १० लाख ६० हजार किलो ओखर भित्रिएको छ । यस्तै चिलीबाट १ करोड २२ लाख बराबरको ३६ हजार किलो ओखर आयात भएको छ। गत आर्थिक बर्षको सोहि अवधीमा २६ करोड १७ लाख ३१ हजार रुपैयाँ बराबरको ओखर आयात भएकोे थियो ।

    बदाम आयात बढ्यो 

    चालु आर्थिक बर्षको तीन महिनामा १९ करोड ७ लाख २१ हजार बराबरको २ लाख ५० हजार १५३ किलो बदाम आयात भएको छ । विभागको तथ्याङ्क अनुसार तिहारमा भाइमसलामा प्रयोग हुने अन्य खाद्य वस्तुको आयात घटेको भएपनि बदामको आयात भने बढेको छ । गत वर्ष १४ करोड ४७ लाख बराबरको बदाम आयात भएको थियो ।

    १३ करोड ९० लाखको काजु आयात

    तिहारका लागि चालु वर्षको असोज महिनासम्म विभिन्न देशहरुबाट १३ करोड ९० लाख ८१ हजार रुपैयाँ बराबरको २ लाख २ हजार २८१ किलो काजु आयात भएको छ । तीन महिनामा भारत, भियतनाम, नाइजेरिया, मोजाम्बिक लगायत अन्य मूलुकहरूबाट नेपालमा उक्त परिणामको काजु आयात भएको हो । विभागको अनुसार गत वर्षको यस बर्ष काजु आयात पनि कम भएको छ ।

    गत वर्ष सोही अवधिमा ३१ करोड १३ लाख ६७ हजार बराबरको ४ लाख ३७ हजार २२९ किलो काजु आयात भएको थियो । यो वर्ष आयातित मध्ये सबैभन्दा धेरै काजु छिमेकी मुलुक भारतबाट भित्रिएको विभागको तथ्यांकमा छ । यस बर्ष भारतबाट मात्रै ८ करोड ६९ लाख ८८ हजार रुपैयाँ बराबरको १ लाख २७ हजार ६५४ किलो काजु आयात भएको तथ्याङ्क छ ।

    किसमिस आयात पनि बढ्यो 

    चालु आर्थिक बर्षको तीन महिनामा ९ करोड ४ हजार रुपैयाँ बराबरको २ लाख ८२ हजार १६५ किलो किसमिस आयात भएको छ । जुन गत आर्थिक बर्षको भन्दा बढि हो । गत आर्थिक बर्षमा ६ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबरको २ लाख ८५ हजार ३२२ किलो किसमिस आयात भएको थियो । 

    २ लाखको खजुर आयात 

    चालु आर्थिक बर्षको तीन महिनामा २ लाख ३ हजार बराबरको १ हजार ७४४ किलो खजुर आयात भएको छ । यस बर्ष भाइमसलामा प्रयोग हुने खजुर आयात भने बढेको तथ्याङ्क छ । गत आर्थिक बर्षको सोहि अवभीमा ७ हजार रुपैयाँ बराबरको ६४ किलो मात्रै खजुर आयात भएको थियो । 

    ७१ प्रतिशतले घट्यो सुपारीको आयात

    सरकारले यस बर्ष सुपारीमा आयात प्रतिबन्ध लगाएको भएपनि चालु आर्थिक बर्षको तीन महिनामा १२ करोड १८ लाख २५ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ । जुन गत आर्थिक बर्षको तुलनामा ७१.१० प्रतिशतले कम हो । गत आर्थिक बर्षको सोहि अवधीमा ४२ कारेड १५ लाख ५८ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको थियो । तर, सुपारी आयातमा अहिले कोटा प्रणालीमा मात्र आयात भएकाले अहिले बजारमा सुपारी पाउन समस्या भएको व्यापारीहरूले जनाएको छ ।

    bhaimasala, tihar.png

    यस बर्ष कतिमा हुदैछ भइमसलाको बिक्री ? 

    व्यापारीहरुले तिहारको मौका छोपेर भाइमसला महँगो मूल्यमा बिक्री गरिरहेका हुन्छन्। त्यसैलाई मध्यनजर गर्दै यस वर्ष खुद्रा व्यापार संघले भाइमसलाको निश्चित मूल्य तोकिदिएको छ। तल उल्लेखित मूल्यमा असन क्षेत्रका खुद्रा व्यापारीहरुले भाइमसलाको बिक्री गरिरहेक छन्।

    यस वर्ष काजुको खुद्रा मूल्य प्रति किलो १ हजार ६०० रुपैयाँ छ। बदाम १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । पिस्ता प्रति किलो २ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।

    वस्तु  कति पर्छ (प्रति किलो रुपैयाँमा)
    काजु १६००
    बदाम १३००
    पिस्ता २२००
    किसमिस ४८०/६००
    छोकडा ७००
    ओखर ४८०
    काजु बोक्रा भएको २०००
    ल्वाङ २४००
    सुकुमेल ४०००
    सुपारी ७८००
    दालचिनी ५००
    अलैंची २४००
    अँजिर २०००
    खोर्पानी १०००
    मिश्री २४०
    मनका १५००
    कालो दाख १०००
    मखना १२००
    छोडाएको ओखर १५००

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार