images
images

मंसिरका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआईसी,  कुन कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ ?

मंसिरका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआईसी,  कुन कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ ?

आइतवार, कार्तिक २६ २०८०
आइतवार, कार्तिक २६ २०८०
  • मंसिरका लागि ब्याजदर घटाउने पहिलो बैंक बन्यो एनआईसी,  कुन कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ ?
    images
    images

    काठमाडौँ / एनआईसी एशिया बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएको छ। 

    बैंकले कात्तिकमा व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ११.००३ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो । तर, अब मंसिरमा भने यस्तो ब्याजदर घटाएर ८.९६८ प्रतिशतमा सीमित बनाएको हो । 

    व्यक्तिगततर्फ ३ महिनादेखि १५ वर्ष अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर ८.९६८ प्रतिशत तोकिएको छ ।  यस्तै, ६ महिनादेखि १५ वर्षसम्म अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटाएर बैंकले ६।९६८ प्रतिशत बनाएको छ । 

    कल निक्षेपको ब्याजदर घटाएर २.२९२ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर ६.५८५ प्रतिशत कायम गरिएको छ । 

    कात्तिकमा बैंकले कल डिपोजिटमा ३.००१ प्रतिशत ब्याजदर कायम गरेको थियो । यस्तै, कात्तिकमा बचतको ब्याजदर ८.००३ प्रतिशत कायम गरिएको थियो । 

    यस्तो छ बैंकले मंसिरका लागि प्रकाशित गरेको ब्याजदर

    undefinedundefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार