images
images

नबिल बैङ्क र दराजबीच निःशुल्क इएमआई अभियान सुरु गर्न साझेदारी, २ लाखसम्मको सामान खरिदमा सुविधा

नबिल बैङ्क र दराजबीच निःशुल्क इएमआई अभियान सुरु गर्न साझेदारी, २ लाखसम्मको सामान खरिदमा सुविधा

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • नबिल बैङ्क र दराजबीच निःशुल्क इएमआई अभियान सुरु गर्न साझेदारी, २ लाखसम्मको सामान खरिदमा सुविधा

    काठमाडौँ / नबिल बैङ्कले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने योजनाका साथ दराजसँग साझेदारी गरेको छ । यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।

    images
    images

    नबिल बैङ्कले यस सहकार्य मार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ । ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नैै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् । 

    ग्राहकहरूले नबिल बैङ्कको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यस अभियानको फाइदा लिन सक्नेछन् । यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघिनै बैङ्कमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ । यसबाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई credit.support@nabilbank.comमा आवेदन दिनुपर्नेछ । 

    यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतिरिक्त लागत विना किस्ता सुविधा पाउने छन् । तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ ।
    साथै, नबिल बैङ्कले दराजको ११ः११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ ।  ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ ।

    नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क मध्ये एक हो । बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैङ्कसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार