काठमाडौँ / ‘जीवनको लागि स्वास्थ्य’भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहिबार साइकल -याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्डबाट सुरु भएको -याली न्यू प्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर, बिजुलीबजार, बानेश्वर, थापागाँउ, अनामनगर हुँदैं पुन शुरु भएको स्थानमा आएर समाप्त भएको थियो ।
सो -यालीमा सर्मद्धि फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, सञ्चालक विनोद कुमार सुवेदी, सञ्चालक जे.वि. हमाल, सिईओ टिका निधी लोहनी साथै फाइनान्सका १९ जना कर्मचारीहरूको सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।
समृद्धि फाइनान्स कम्पनीले यही कार्तिक २५ गने २२ औँ वार्षिकोत्सव मनाउँदै छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा समृद्धि फाइनान्सले कार्तिक १९ गते देखि २५ गतेसम्म वार्षिकोत्सव सप्ताह मनाउदै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ ।
कार्तिक १९ गते पुतलीसडक शाखा र कार्तिक २२ गते जनकपुर शाखाबाट सरसफाई तथा डस्बिन वितरण कार्यक्रम गरिसकेको छ । साथै भोलि प्रधान कार्यालय लगायत सम्पूर्ण शाखाहरूबाट केक काटी आफ्ना ग्राहकहरूका साथ २२ औं वर्षमा प्रवेश भएको उत्सव मनाउँदै छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरू मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।