काठमाडौँ / आज (सोमबार) धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.३० ले बढेर एक हजार आठ सय ४७.५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ३.३३ अङ्कले उकालो लागेर तीन सय ५५.७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज बृद्धि भएको छ ।
कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर रु ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ ।
सो कम्पनीको रु छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट रु तीन करोड ७८ लाख ३९ हजार छ सय ६०,हिमालय बैंक रु तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स रु दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट ९.९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ९.९३, आशा लघुवित्त ६.१६,दिव्यश्वरी हाइड्रोपावर ५.८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले ५.८२ प्रतिशतले कमाएका छन् ।
यस्तै, लक्ष्मी लघुवित्त ४.२८, विन नेपाल लघुवित्त ३.९९, एनआइसि एशिया लघुवित्त ३.९१,एनआइसि एशिया ब्यालेन्स फण्ड ३.०१ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।