images
images

सानिमा बैंकले दियो भूकम्प प्रभावितलाई २५ लाख

सानिमा बैंकले दियो भूकम्प प्रभावितलाई २५ लाख

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • सानिमा बैंकले दियो भूकम्प प्रभावितलाई २५ लाख

    काठमाडौँ / सानिमा बैंकले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितको सहयोगका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बैंकले भूकम्प प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

    images
    images

    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितको राहतका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरिएको बैंकले जनाएको छ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटमा १०५ र रुकुम पश्‍चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको थियो भने १०० बढी घाइते भएका छन् ।

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार