images
images

एनआईसी एशिया बैंकको वित्तीय विवरण : नाफामा उच्च गिरावट, वितरणयोग्य मुनाफा ऋणात्मक

एनआईसी एशिया बैंकको वित्तीय विवरण : नाफामा उच्च गिरावट, वितरणयोग्य मुनाफा ऋणात्मक

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • एनआईसी एशिया बैंकको वित्तीय विवरण : नाफामा उच्च गिरावट, वितरणयोग्य मुनाफा ऋणात्मक

    काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले यस अवधिमा कमाएको यो नाफा गत आर्थिक बर्षको तुलनामा ४२.४९ प्रतिशत कम हो ।  गत वर्ष असोज मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२.४९ प्रतिशत कम खुद नाफा गरेको हो । 

    images
    images

    बैंकको खुद ब्याज आम्दानीमा १७.५५ प्रतिशतले घटेको कारण र इम्पेरमेन्ट चार्ज बढेका कारणले बैंकको नाफामा भारी गिरावट आएको देखिन्छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले २ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३३ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    त्यस्तै, यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ४३ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी यस्तो गरेको हो ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ९८ करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ९८ करोड ८२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । 

    त्यस्तै, जगेडा कोष रकम १६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म कम्पनीले ३ खर्ब ६३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा १.३७ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ९ पैसा छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८०.८९ प्रतिशत र आधारदर १०.५६ प्रतिशत कायम रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार