images
images

पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १७ प्रतिशतले घट्यो, कुनको कति ?

पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १७ प्रतिशतले घट्यो, कुनको कति ?

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार पहिलो त्रैमासमा बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएको हो ।

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १७ प्रतिशतले घट्यो, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १७.५९ प्रतिशतले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाल संचालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार पहिलो त्रैमासमा बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएको हो । 

    images
    images

    चालु आर्थिक बर्षको असोजसम्ममा सम्पूर्ण वाणिज्य बैंकहरूले १२ अर्ब ६१ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आर्थिक बर्षको सोहि अवधस्को तुलनामा १७.५९ प्रतिशतले कम हो । गत आर्थिक बर्षमा सम्पूर्ण वाािण्ज्य बैंकहरूको नाफा १५ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको थियो । 

    चालु आर्थिक बर्षमा वाणिज्य बैंकहरुले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुटयाएका छन् । जसले गर्दा बैंकहरूको मुनाफालाई प्रभाव पारेको हो । यस बर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत ८ बैंकको मात्र खुद मुनाफा बढेको छ । जसमध्ये ७ वटा बैंकको नाफा १ अर्ब भन्दामाथि रहेको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो सबैभन्दा धेरै नाफा 

    १९ बैंकमध्ये सबैभन्दा धेरै नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि रहेको छ । यस बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ५२ करोड नाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा ३३.४७ प्रतिशत धेरै हो । यसले गत वर्षको यसैअवधिमा १ अर्ब १४ करोड नाफा कमाएको थियो । 

    अन्य कुन बैंकको नाफा कति ? 

    सबैभन्दा धेरै नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पछि दोस्रोमा नबिल बैंक रहेको छ । असोज मसान्तसम्ममा यस बैंकको नाफा १ अर्ब ४६ करोड रुपैयाँमा रहेको छ । तथापि, अघिल्लो वर्षको तुलनामा बैंकको नाफामा ५।५० प्रतिशतले गिरावट आएको हो । गत आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले कूल १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    यस्तै, ग्लोबल आइएमई बैंकको नाफा एक अर्ब १८ करोडबाट बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ। प्रभु बैंकको नाफा पनि ७० करोडबाट वृद्धि भएर एक अर्ब ३ करोड पुगेको छ। विवरण अनुसार प्राइम बैंकको नाफा ८७ करोडबाट एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यस्तै, एनएमबि बैंकको नाफा ९० करोडबाट ९६ करोड पुगेको छ ।

    गत वर्षको यसै अवधिमा ४५ करोड नाफा कमाएको माछापुच्छ्रे बैंकले यस वर्ष ५४ करोड नाफा आर्जन गर्न सफल भएको छ । यसका साथै, हिमालयन बैंकको नाफा ५३ करोडबाट बढेर एक अर्ब ५ करोड रुपैयाँ कायम भएको छ। गत वर्षको असोजसम्म ८१ करोड नाफा आर्जन गरेको स्ट्याण्डर्ड चाटर्ड बैंकले यस वर्षको सोही अविधसम्म ८२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

    पहिलो त्रैमासमा नाफा घट्ने बैंकहरुको सूचीमा नेपाल बैंक पनि परेको छ । गत वर्ष ६० करोड नाफा कमाएको नेपाल बैंकले यस वर्ष भने १४ करोड मात्रै नाफा आर्जन गरेको छ । यसका साथै, सिटिजन्स बैंकको नाफा ५० करोडबाट झरेर ४० करोड पुगेको छ भने एभरेष्ट बैंकको नाफा ८६ करोडबाट ७८ करोडमा झरेको छ।

    गत वर्षको पहिलो त्रैमासमा ५० करोड नाफा कमाएको लक्ष्मी सनराईजले यस वर्ष जम्मा १० करोड मात्रै नाफा आर्जन गर्न सफल भएको छ । कुमारी बैंकले पनि यस अवधिमा जम्मा २६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब रुपैयाँ नाफा कमाएको थियो ।

    यता, असोज मसान्तसम्ममा कृषि विकास बैंकको नाफा ८८ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यो बैंक २२ करोड रुपैयाँ नाफामा थियो ।

    यस्तै, एनआईसी एशिया बैंकको नाफा एक अर्ब ७५ करोडबाट घटेर एक अर्ब १० करोडमा सिमित भएको छ। त्यस्तै, नेपाल एसबिआई बैंकको नाफा पनि ६२ करोडबाट घटेर ४७ करोडमा खुम्चिएको छ। सानिमा बैंकको नाफा ५४ करोडबाट घटेर ४८ करोडमा सिमित भएको छ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार