images
images

सानिमा बैंकको नाफामा ११.९१ प्रतिशतको संकुचन, वितरणयोग्य मुनाफा कति ?

सानिमा बैंकको नाफामा ११.९१ प्रतिशतको संकुचन, वितरणयोग्य मुनाफा कति ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • सानिमा बैंकको नाफामा ११.९१ प्रतिशतको संकुचन, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौँ / सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४८ करोड २९ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ११.९१ प्रतिशतले कम हो। गत वर्ष बैंकले ५४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो। इम्पेयरमेन्ट चार्ज बढ्दा यस वर्ष बैंकको नाफामा असर परेको हो ।

    images
    images

    बैंकले ५४ करोड २७ लाख रुपैयाँ इन्पेयरमेन्ट चार्ज बापत छुट्याएको छ । गत वर्ष बैंकले यस शीर्षकमा ४७ करोड ८२ लाख रुपैयाँ छुट्याएको थियो । 

    चालु आर्थिक बर्षमा बैंकको नाफासँगै खुद ब्याज आम्दानी समेत ४.९२ प्रतिशतले घटेको छ । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ६० करोड रुपैयाँ कमाएको यस बैंकले यस बर्षको पहिलो त्रैमासमा भने यस्तो आम्दानी १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ मात्रै गरेको छ। 

    हाल सानिमाको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब २१ करोड ६ लाख रुपैयाँ कायम रहेको छ । 

    गत बर्ष १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी यस बर्ष १५ रुपैयाँ २१ पैसामा सीमित भएको छ । 

    यस्तै, समीक्षा अवधिमा बैंकको एनपीएल ०.९१ प्रतिशतबाट बढेर १.७९ प्रतिशत पुगेको छ । यता, सञ्चालन नाफा पनि ५.९९ प्रतिशतले घटेर ७२ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकको सञ्चालन मुनाफा ७६ करोड ८४ लाख रुपैयाँ थियो । 

    त्यसैगरी, प्रतिसेयर नेटवर्थ भने ५ रुपैयाँ २२ पैसाले बढेर १५८ रुपैयाँ ८१ पैसा कायम भएको बैंकको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार