images
images

पहिलो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफा ७८ करोडले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

पहिलो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफा ७८ करोडले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • पहिलो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफा ७८ करोडले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो । गत आर्थिक बर्ष तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकले ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०।३२ प्रतिशतले बढेर १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ रहेको थियो । 

    यस्तै, बैंकको सञ्चालन नाफा ९.४५ प्रतिशतले घटेर १ अर्ब ११ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब २३ करोड १८ लाख रुपैयाँ थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घटेकोले खुद नाफा बढ्न नसकेको हो । 

    हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १० अर्ब ४६ करोड ८२ लाख रुपैयाँ कायम रहेको छ । यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १९ पैसा छ । 

    त्यसैगरी, प्रतिसेयर नेटवर्थ ४ रुपैयाँ ९८ पैसाले घटेर २४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । यसको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ । सो रकमबाट यसले ४२.२६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार