images
images

एनएमबि बैंकको नाफा तीन महिनामा ६.५३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

एनएमबि बैंकको नाफा तीन महिनामा ६.५३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • एनएमबि बैंकको नाफा तीन महिनामा ६.५३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा ९६ करोड ३२ लाख ९ हजार रुपैयाँँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत बर्ष आर्थिक बर्ष २०७९/८० को सोहि अवधीको तुलनामा ६।५३ प्रतिशतले बढी हो ।

    images
    images

    गत आर्थिक बर्षको सोही अवधीमा बैंकको यस्तो नाफा ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेपछि खुद नाफा बढ्न सहयोग पुगेको हो ।

    असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८.२९ प्रतिशतले बढेर २ अर्ब २२ करोड ४५ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ५ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

    यस्तै, बैंकको सञ्चालन नाफा ६.५१ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ६० लाख १३ हजार रुपैयाँ पुगेको बैंकद्वारा प्रकाशति अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब २९ करोड १९ लाख ३५ हजार रुपैयाँ रहेको थियो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले वृद्धि भएको छ । 

    असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ ।

    १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ४.०९ प्रतिशत घटेको छ भने कर्जा १.९१ प्रतिशत बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार