images
images

आईसीसी टी-२० विश्वकप छनोट : ओमानसँग ५ रनले पराजित हुँदा नेपाल समूह उपविजेता

आईसीसी टी-२० विश्वकप छनोट : ओमानसँग ५ रनले पराजित हुँदा नेपाल समूह उपविजेता

बिहिवार, कार्तिक १६ २०८०
बिहिवार, कार्तिक १६ २०८०
  • आईसीसी टी-२० विश्वकप छनोट : ओमानसँग ५ रनले पराजित हुँदा नेपाल समूह उपविजेता

    काठमाडौँ / टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । 

    images
    images

    लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित भएको हो । 

    नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारणमा पुगेको छ । अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता र ओमानले समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। 

    सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी–२० विश्वकपको टिकट काट्नेछन्। बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन जोड्न सक्यो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार