images
images

डिशहोमका ग्राहक परशुराम तिमिलाले जिते एक लाख रुपैयाँ

डिशहोमका ग्राहक परशुराम तिमिलाले जिते एक लाख रुपैयाँ

बुधवार, कार्तिक १५ २०८०
बुधवार, कार्तिक १५ २०८०
  • डिशहोमका ग्राहक परशुराम तिमिलाले जिते एक लाख रुपैयाँ
    images
    images

    काठमाडौँ / डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा गरिएको छ ।

    ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद एक लाख रुपैयाँ जितेका छन् ।  कात्तिक ०६ गते सोमबार भएको लक्की ड्र मार्फत रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका हुन् ।

    डिशहोमका अनुसार दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

    त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउँनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।

    सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार