images
images

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५७ करोड बराबरको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५७ करोड बराबरको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५७ करोड बराबरको कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
    images
    images

    काठमाडौँ / कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० अङ्कमा कायम भएको छ ।

    आज दुई सय ८६ कम्पनीको २५ हजार ६२५ पटक कारोबारमा २२ लाख ५८ हजार १८७ कित्ता खरिदबिक्री हुँदा ५७ करोड १४ लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ ।  आज सबै उपसमूह रताम्मे देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा १.४६ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.७४, विकास बैंक ०.८५, वित्त ०.७९, होटल तथा पर्यटन ०.५४, जलविद्युत ०.७८, लगानी ०.६०, उत्पादन ०.६२, माइक्रोफाइनान्स ०.८४, म्युचल फण्ड ०.३६, नीर्जीवन ०.६०, अन्य ०.६५ र व्यापार ०.२९ प्रतिशतले घटेको छ ।

    मंगलबार माहुली लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६.०५ प्रतिशतका दरले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड वयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

    कारोबार रकमको आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । उक्त  कम्पनीको एक करोड ७० लाख रूपैयाँको कारोबार भयो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार