images
images

शिर काटियोस् तर प्रचण्डसँग झुक्दिनँ, बाघ भोकै मर्छ तर घाँस खाँदैन : केपी ओली

शिर काटियोस् तर प्रचण्डसँग झुक्दिनँ, बाघ भोकै मर्छ तर घाँस खाँदैन : केपी ओली

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • शिर काटियोस् तर प्रचण्डसँग झुक्दिनँ, बाघ भोकै मर्छ तर घाँस खाँदैन : केपी ओली

    काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो शिर काटिए पनि प्रचण्डसँग नझुक्ने बताएका छन् । एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डप्रति ईंगित गर्दै यस्तो बताएका हुन् । 

    images
    images

    उनले भने, “मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ । काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।” त्यस्तै, अर्को प्रसङ्गमा ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी ढाकछोप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लागिपरेको आरोप लगाए। 

    क्विन्टलमा सुन बरामद गर्दा पछि ६० किलो भएको र भेपमा बरामद परेको साढे नौ किलो सुन २ किलोमा झरेको उनले दावी गरे । भने, “क्विन्टलका क्विन्टल सुन तस्करी हुन्छ, डकैती भइरहेको छ देशमा । साढे नौ किलो भेपमा आएको सुन २ किलो हुन्छ सरकारलाई कुनै अप्ठ्यारो लाग्दैन।” 

    बरामद भएका सुन डकैती भएको भन्दै उनले चोरी भयो कि वितरण भयो थाहा नभएको बताए।  उनले थपे, “बरामद सुन स्टोरमा छैन, भन्सारमा छैन, कति पास भयो थाहा छैन । चोरी भयो कि, वितरण भयो, के भयो त्यहीबाट हरायो, यो कुरा ढाकछोप गर्न प्रधानमन्त्री लाग्नुभएको छ।” 

    भन्सारमा कर नउठ्ने र तस्करी मात्रै हुने उनको भनाई छ । ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको बताए। भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको आरोप उनको छ ।  

    साथै उनले देश टाट पल्टिने अवस्थामा पुगेको बताए । “विगत दुई वर्षमा देशको अवस्था गम्भीर छ । बनाउन धेरै समय लाग्छ, ध्वस्त बनाउन समय नलाग्ने रहेछ । आर्थिक रूपमा टाट पल्टिने अवस्था छ । विदेशमा गएका नानीबाबुले पठाएका रेमिट्यान्सले मात्रै देश चलेको छ । अन्त डामाडोल छ ।”  

    उनले एमालेलाई बदनाम गराउन आफूमाथि अनर्गल आरोप लगाएको बताए । “कहिले कम्बोडियामा लगानी गरेको भन्छन् । कहिले ठाउँ ठाउँमा जग्गा र महल छ भन्छन् । यो सबै एमाले सिध्याउन गरिएको दुष्प्रचार हो । कम्बोडियामा मैले टेलिकममा लगानी गरेको रहेछु भने पत्ता लगाउनुस्, १ हजार थपेर तपाईँलाई नै दिन्छु ।” 

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट पार्टी फुटाएर दक्षिणपन्थीको करेसामा बास माग्न पुगेको ओली बताउँछन्।

    “देशी विदेशी शक्ति मिलेर मलाई पार्टीबाट निष्कासन गरे । २ तिहाइको पार्टी फुटाउने, सरकार ढाल्ने उनीहरूको गन्तव्य स्पष्ट भयो । कम्युनिस्ट आन्दोलन सिध्यायौं दक्षिणपन्थीको करेसामा बास माग्न जानुभयो ।”  

    आफ्नो कार्यकालमा नेपालको उल्लेखनीय प्रगति भएको उनको दाबी छ । अहिले अर्थतन्त्र डमाडोल भएको बताउँदै उनले भने, “मेरो कार्यकालमा दक्षिण एसियाको उदीयमान अर्थतन्त्र भएको देश भनेर नेपालको प्रशंसा गरिएको थियो । विश्वमा तीव्र विकास गर्ने १० देश मध्ये एक हो भनेर प्रचार भएको थियो ।”

    अहिले नेपाल दक्षिण एसियाको सबैभन्दा गरिब राष्ट्र बनेको भन्दै उनले थपे, “यो गठबन्धनको उपलब्धि हो । उनले अझै २० वर्ष राजनीति गरेर विरोधीलाई तह लगाउने चेतावनी समेत दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार