images
images

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव : तिलगंगा आँखा अस्पताललाई सहयोग, ५ बर्षबढी सेवा गर्ने कर्मचारीहरू सम्मानित

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव : तिलगंगा आँखा अस्पताललाई सहयोग, ५ बर्षबढी सेवा गर्ने कर्मचारीहरू सम्मानित

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव : तिलगंगा आँखा अस्पताललाई सहयोग, ५ बर्षबढी सेवा गर्ने कर्मचारीहरू सम्मानित
    images
    images

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कार्तिक १३ गते आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा बैंकले सरसफाइ, रक्तदान, कर्मचारीलाई सम्मानदेखि अस्पतालाई आर्थिक सहयोग प्रदान गर्नेलगायतका कार्यक्रमहरू सम्पन्न गरेको हो । 

    बैंकले सोमबार बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । 

    मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौँकै प्राँगणमा आयोजित एक समारोहमा तिलगंगा आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई २ लाख रुपैयाँ  आर्थिक सहयोग उपलब्ध गराएको हो । 

    यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याललगायत बैंकका सञ्चालकहरू तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । साथै बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरूमा बैंकलाई उचाईमा पु-याउने विश्वास व्यक्त गरे । 

    news2.jpg

    सो अवसरमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिइन् । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय बालुवाटार काठमाडौँ र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए । उक्त अवसरमा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरूलाई एक्सलेन्स अवार्ड वितरण तथा केक कटिङ कार्यक्रम समेत गरिएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार