images
images

टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी

टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • टी-२० विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपाल ८ विकेटले  विजयी

    काठमाडौँ / टी–२० विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपाल विकेटले विजयी भएको हो । 

    images
    images

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६्.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले ७४ रनको योगदान दिए ।  उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् । आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

    आक्रामक रूपमा प्रस्तुत भएका रोहितले २४ बलको सामना गरी दुई छक्का र दुई चौका हानेका थिए । नेपालले अतिरिक्त रूपमा पाँच रन पायो । नेपालले आफ्नो दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् । टी-२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । 

    एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । 

    प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् । प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन् । 

    त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइन चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ । सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार