images
images

६ बर्षमा ९४ प्रतिशतले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढेको बढ्यै !

६ बर्षमा ९४ प्रतिशतले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढेको बढ्यै !

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • ६ बर्षमा ९४ प्रतिशतले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढेको बढ्यै !

    काठमाडौँ / नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार हुने भएको छ । जुन हालसम्म कै सबैभन्दा उच्च हो । 

    images
    images

    अन्तराष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको असर स्थानीय बजारमा पनि पर्न गएको हो । दसैँअघि प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो । महासंघको तथ्याङ्क अनुसार गत असोजको दोस्रो सातादेखि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न शाक्यको अनुसार इजरायलको गाजामा भएको इजरायली र प्यालेस्टिनीबिचको युद्ध र अमेरिकी डलरको विनिमय दर थप मजबुद भएको कारण विश्व बजारमा सुनको मूल्य दिनानुदिन बढ्दै गइरहेको बताएको छ । ‘यो युद्ध अन्त्य हुने भए सङ्केत देखिएको छैन र कहिलेसम्म हुन्छ भन्ने पनि एकिन छैन । यसले विश्व बजारमा ठुला लगानीकर्ताहरूलाई निराश बनाइरहेको छ’, उनले भने ।

    कतिसम्म बढ्छ मूल्य ? 

    सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार हरेक दिन निर्धारण गरिदै आएको छ । त्यसैले विश्व बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि बढ्छ र घटेको खण्डमा घटेर कारोबार गरिन्छ । पछिल्लो समयमा सुनचाँदी बजारको सिनारियो हेर्दा अबको २/३ हप्ताभित्र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २१०० डलर प्रतिऔश पुग्ने अनुमान गरिएको शाक्यले बताए । यदी २१०० डलर सुनको मूल्य पुगेमा नेपाली बजारमा प्रतितोला १ लाख ३० हजार रुपैयाँको हाराहारीमा पुग्ने देखिन्छ । 

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको शाक्यले जानकारी दिए । यस कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च रहेको छ ।

    ६ बर्षमा ५६ हजार रुपैयाँले बढ्यो सुनका मूल्य 

    नेपालमा पछिल्लो ६ बर्ष भित्र सुनको मूल्य करिब ९४ प्रतिशत अर्थात ५६ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्क अनुसार वि.सं. २०७५ साल यता ५६ हजार ७ सय रुपैयाँले बढेको हो । वि.सं. २०७५ सालको कात्तिकमा प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य उकालो लाग्दै आजसम्म आइपुग्दा १ लाख १७ हजार रुपैयाँमा कारोबार हुने भएको छ । 

    कुन बर्षमा कतिले बढ्यो सुनको मूल्य ? 

    1.JPGस्रोतः नेपाल सुनचाँदी महासंघ नेपाल

    चाँदीको मूल्य पनि बढेको बढ्यौ ! 

    पछिल्लो समयमा स्थानीय बजारमा सुनको मूल्य मात्रै नभई चाँदीको मूल्य पनि निरन्तर बढ्दै गइरहेको छ । महासंघको तथ्याङ्क हेर्ने हो भने वि.सं. २०७५ सालको कात्तिक महिनाको तुलनामा वि.सं. २०८० सालको कात्तिक महिनामा ८८.७१ प्रतिशत अर्थात ६ सय ६१ रुपैयाँले बढेको हो । 

    वि.सं. २०७५ सालको कात्तिक महिनामा प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी हाल ८८ प्रतिशतसम्म बढेर प्रतितोेला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार हुने भएको छ ।

    2.JPGस्रोतः नेपाल सुनचाँदी महासंघ नेपाल

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार