images
images

एफपीओ निष्कासन गर्दै उन्नति सहकार्य लघुवित, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

एफपीओ निष्कासन गर्दै उन्नति सहकार्य लघुवित, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • एफपीओ निष्कासन गर्दै उन्नति सहकार्य लघुवित, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ ।

    images
    images

    कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न लागेको छ ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको जनाएको छ । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त वित्तीय संस्था आपसमा गाभिएपछि बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ ।

    कात्तिक २१ गतेदेखि निष्कासन हुने एफपीओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिने छ । एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    आवेदन सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार