images
images

नबिल बैंकसहित ६ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाही, २ वटा बैंकलाई नगद जरिवाना, कुन–कुन परे ?

नबिल बैंकसहित ६ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाही, २ वटा बैंकलाई नगद जरिवाना, कुन–कुन परे ?

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • नबिल बैंकसहित ६ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाही, २ वटा बैंकलाई नगद जरिवाना, कुन–कुन परे ?

    काठमाडौं / नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ को पहिलो त्रैमासमा राष्ट्र बैंक सुपरिवेक्षण विभागको निर्देशन उल्लंघन गर्ने ६ नबिल, हिमालयन, एनएमबि, एनआईसी एशिया, लक्ष्मी सनराइज र सिटिजन्स बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । 

    images
    images

    यस्तै, राष्ट्र बैंकले २ वटा बैंकलाई नगद जरिवाना पनि गराएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र०८१ को प्रथम त्रैमासमा वाणिज्य बैंक र बैंकका अध्यक्ष, संचालक र प्रमूख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको सूपरिवेक्षण विभागले कारबाही गरेको हो । 

    राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धिकरण ऐन उल्लंघन गर्दा ७० लाख जरिवाना गरेको छ। त्यसैगरी हिमालय बैंकलाई कर्जा परिचालन कायम नगरेकोमा १ करोड ६७ लाख ७१ हजार जरिवाना गरेको छ।

    यस्तै एनआईसी एशिया बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको छ । उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ । साथै, सो सम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको भन्दै बैंकका सीईओलाई सचेत गराएको छ ।

    नबिल बैंकले एकीकृत निर्देशन उल्लङ्घन गरी ब्याजदर बढाएको भन्दै नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिमभारित सम्पत्ति गणना नभएको भन्दै प्रिमियम बढाएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक रुपमा लोन एडमिस्टेशन फि लिने गरेको तथा संस्थागत मुद्धती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको देखिएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

    यस्तै सिटिजन्स बैंकलाई कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेको भन्दै सीईओलाई सचेत गराएको छ ।

     

    undefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार