images
images

दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप एक जना पक्राउ

दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप एक जना पक्राउ

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप एक जना पक्राउ
    फाइल फोटो

    काठमाडौँ / दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा थप १ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारीका अनुसार रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने पक्राउ परेका छन् । न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको निष्कर्ष छ। योसँगै दोलखाको सिंगटी र लामा बगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । 

    images
    images

    अहिलेसम्म पक्राउ पर्नेमा चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखा घर भएका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा र चेतनाथ न्यौपाने छन् । 

    असोज ११ मा पहिलोपटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रोपटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको थियो। 

    तस्कर समूहले दोलखा र तिब्बत आउजाउ गर्ने ‘फलेक बोर्डर’स्थित खोलाबाट तारेर सुन ल्याउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार