images
images

नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाद्वारा एक दिवसिय पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाद्वारा एक दिवसिय पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाद्वारा एक दिवसिय पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौँ / नेपाल लाइफ, भक्तपुर शाखाले आफ्ना एजेन्सी म्यानेजरहरूलाई एक दिवसिय पुनर्ताजगी तालिम, एमडिआरटी एजेन्सी सम्मान कार्यक्रम तथा एजेन्सी म्यानेजरहरूलाई सम्मान गरेको छ ।  

    images
    images

    नेपाल लाइफका नेशनल सेल्स हेड उमापति पोखरेल, अतिथिमा बागमती क्षेत्र नं ३ ए का प्रदेश प्रमुख सपुत चन्द्र खनाल, तालिम विभागका प्रमुख रोजेश बस्नेत र अभिकर्ता युनियन संघ शाखा समितिका अध्यक्ष राजेश खुलालको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा आयोजक नेपाल लाइफ, भक्तपुर शाखाका शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधर, कर्मचारीहरू विनिता श्रेष्ठ, भगवती खनाल, सोम थिंग र गिता कायस्थका साथै भक्तपुर शाखा अन्तर्गत रहेका सम्पूर्ण एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रममा पहिलो सेशन तालिम प्रमुख रोजेश बस्नेतले एजेन्सी म्यानेजरहरूलाई नेपाल लाइफ र बीमितप्रतिको विश्वासिलो सम्बन्ध कसरी राख्नुपर्छ भन्दै मार्केटिंग टुल्स सम्बन्धि जानकारी गराउदै पुनर्ताजगी तालिम दिइएको थियो । 

    त्यस्तै, दोस्रो सेशन अन्तर्गत २०२४ सालको एमडिआरटी विजेता बेनुप राज भण्डारी, लिला अधिकारी र तारा श्रेष्ठलाई पनि नेपाल लाइफका नेशनल सेल्स हेड उमापति पोखरेल, प्रदेश प्रमुख सपुत चन्द्र खनाल र शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधरले सम्मानित गरेका थिए । यसले उहाँहरूलाई थप उत्साह र प्रेरणा मिल्ने उनले बताए । 

    उक्त कार्यक्रममा तेस्रो सेशन अन्तर्गत नेपाल लाइफ भक्तपुर शाखा अन्तर्गत रहेका सम्पूर्ण एजेन्सी म्यानेजरहरूलाई नेपाल लाइफका नेशनल सेल्स हेड उमापति पोखरेलले सम्मानित प्रमाण पत्र हस्तान्तरण गरेका थिए । 

    साथै उनले जीवन बीमा क्षेत्रमा थप उत्साह र प्रेरित भई थप उर्जामा काम गर्न भनी सल्लाह पनि दिए । कार्यक्रमको अन्त्यमा नेपालीहरूको प्रमुख पर्व दशैँको शुभकामनासमेत आदानप्रदान गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार