images
images

नविकरणीय ऊर्जा परियोजनामा दीगो वित्त र सामाजिक द्वन्द व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

नविकरणीय ऊर्जा परियोजनामा दीगो वित्त र सामाजिक द्वन्द व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • नविकरणीय ऊर्जा परियोजनामा दीगो वित्त र सामाजिक द्वन्द व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

    काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच)को सहआयोजनामा दुई दिने दीगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । मेरियट होटल काठमाडौंमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नविकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको थियो ।

    images
    images

    दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरुको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा आयोजना गरिएको दीगो वित्तीय उपकरण सम्बन्धी तालिमले नविकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नविकरणीय ऊर्जाको दीगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् । 

    News ippan.jpg

    सामाजिक-पर्यावरण द्वन्द व्यवस्थापनमा ५ दिने तालिम 

    इप्पान र आईसीएचकै सहकार्यमा नविकरणीय ऊर्जा परियोजनामा सामाजिकपर्यावरण द्वन्द व्यवस्थापन  सम्बन्धी ५ दिने तालिम पनि केहि दिन अघि मात्र सम्पन्न भएको छ ।चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौँमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द व्यवस्थापनका वारेमा आईसीएचका तर्फबाट दर्जनौ पेपरहरू प्रिजेन्टेसन गरिएको थियो । 

    उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् । इप्पान र आईसीएचबीच बिगत डेढ दशकदेखि नविकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार