images
images

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्ष प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    images
    images

    बैंकको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै पाण्डेले बैंकलाई थप सफल बनाउन आफ्नो योगदान रहने प्रतिबद्धता जनाएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यसमेत हुन् ।

    उनी मर्जर तथा एक्वीजिशन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंक लाई प्राप्ति गरेको थियो । बैंकको संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने अध्यक्ष पाण्डे बैंकको प्रमुख लगानीकर्तामा पनि हुन् । 

    इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । 

    नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइरहनु भएका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

    १७ औं वार्षिक साधारण सभाबाट सीता कार्की (केसी), सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । बैंकमा ७ जना सञ्चालक रहेकोमा सर्वसाधारणहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार